प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


ग्लोब नेपाल
675
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र ओलीबीच केहीबेर अघि भेटवार्ता सुरु भएको हो ।

वार्तामा समसामयिक राजनीतिकलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालको सचिवलायले जनाएको छ ।

गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेबाट प्रधानमन्त्रीमाथि दबाब सृजना भएको समाचार सार्वजनिक भइरहेका बेला ओली बालुवाटार पुगेका हुन् ।

आइतबार अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकताको प्रमाणपत्र बुझेपछि उनलाई फेरि गृहमन्त्री बनाउन एमालेले दबाब दिएको भनिएका बेला दुई शीर्षनेताबीच छलफल भएको हो ।