काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर बालेनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
पछिल्लो समय मेयर बालेनविरुद्धको जनमत बढ्न थालेको छ । आइतबार मात्रै काठमाडौँमा उनीविरुद्ध आन्दोलन भएको थियो । गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि छ ।


प्रतिक्रिया