राष्ट्रपतिमा कांग्रेसको दाबी अर्थ छैन : महासचिव पोखरेल

राष्ट्रपतिमा कांग्रेसको दाबी अर्थ छैन : महासचिव पोखरेल


ग्लोब नेपाल
351
Shares

विराटनगर । नेकपा एमालेका महासचिव शकर पोखरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नु अर्थहीन हुने बताएका छन् । कांग्रेस अहिले दिशाहीन अवस्थाको पार्टी भएकोले सुरुमा आफ्नो पोजिसन प्रष्ट पारेर मात्र अघि बढ्न पोखरेलले आग्रह गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले कांग्रेसले राष्ट्रपतिमा दाबी गर्न नहुने बताएका हुन् । नेपालको लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टी यस प्रकारको अवस्थामा रहनु दुःखद रहेको पनि उनले बताए । संघ देखी प्रदेशसम्मै गठबन्धनको सरकार रहेकाले कांग्रेसले सत्ताबाहिर रहँदा अस्थिरता ल्याउन लागेको आरोप पनि लगाए ।

राष्ट्रपतिको चुनावको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको उनले दाबी गरेका छन् ।राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पाना नै गर्न नसिके उनको तर्क छ ।

गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पाटी बिच छलफल भएर मात्रै टुङ्गिने उनको भनाइ रहेको छ । रवि लामिछानेको मुद्दाको फैसला प्रति असन्तुष्टि व्यक्त गर्दै महासचिव पोखरेलले न्यायालयको भूमिका निष्पक्ष नभएको बताएका छन् ।