परराष्ट्रमन्त्री पौड्याल र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता

परराष्ट्रमन्त्री पौड्याल र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता


ग्लोब नेपाल
0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरियो नुल्यान्डबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा दुवै पक्षले द्विपक्षीय र बहुपक्षीय सहयोगका विविध आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नुल्यान्डले पौड्याललाई भेट्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी थिइन् ।