राष्ट्रपति एमालेबाटै हुन्छ : उपमहासचिव गुरुङ

राष्ट्रपति एमालेबाटै हुन्छ : उपमहासचिव गुरुङ


ग्लोब नेपाल
756
Shares

लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति उम्मेदवार सत्ता गठबन्धनबाट नेकपा एमालेकै उम्मेदवार हुने दाबी गरेका छन् ।

लमजुङको एक कार्यक्रममा सहभागी भएका उपमहासचिव गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति उम्मेदवार नेकपा एमालेबाट नै हुने दाबी गरेका हुन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने समयमा नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग यो सहमति भएकाले यसमा कुनै पनि पक्ष पछाडि सर्न नै नसक्ने बताए ।

नेकपा माओवादी केन्द्रले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिसकेको छ ।