प्रचण्डलाई कांग्रेसतिर ल्याउन जोड गरिरहेका छौं : नेता पौडेल

प्रचण्डलाई कांग्रेसतिर ल्याउन जोड गरिरहेका छौं : नेता पौडेल


ग्लोब नेपाल
594
Shares

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले नेतृत्वको गठबन्धनबाट टुटाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसतिर ल्याउने कोसिस भइरहेको बताएका छन् ।

शहीद सप्ताहको अवसरमा कांग्रेस तनहुँले मंगलबार दमौलीमा गरेको वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा नेता पौडेलले प्रचण्डलाई एमालेसँगको गठबन्धन टुटाएर आफूतिर ल्याउन कांग्रेसले जोड गरिरहेको बताएका हुन् । उनले अहिले कांग्रेसको मुख्य ध्यान राष्ट्रपति प्राप्ति भएको समेत बताए ।

निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तय गरेको छ । राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति खोजिने माओवादी केन्द्रको निर्णय छ । तर, एमालेले सत्ता गठबन्धनभित्रको सहमतिअनुसार आफ्नो दलले राष्ट्रपतिको उम्मेदवार बनाउनुपाउनु पर्ने बताइरहेको छ ।