ओली र बेलायती राजदूत काथ्रिनबीच शिष्टाचार भेटवार्ता

ओली र बेलायती राजदूत काथ्रिनबीच शिष्टाचार भेटवार्ता


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला काथ्रिन पोलिटले शिष्टाचार भेट गरेकी छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको सदियौंदेखिको सम्बन्ध, आपसी हित र सहयोगका विषयमा कुराकानी भएको छ ।

भेटमा राजदूत पोलिटले वर्तमान सरकार र सत्ता साझेदारमध्ये सबैभन्दा ठुलो दल एमालेको प्राथमिकताका विषयका बारेमा जिज्ञासा राखेकी थिइन् । अध्यक्ष ओलीले वर्तमान सरकार न्यूनतम साझा कार्यक्रमका आधारमा अगाडि बढ्ने जानकारी गराउँदै देशको विकास, सुशासन र जनताको जीवनस्तर उठाउने विषय वर्तमान सरकार र आफ्नो पार्टीको प्राथमिकताका विषय भएको बताएका छन् ।

न्यूनतम साझा कार्यक्रममा ती विषयहरू रहेको बताउँदै कार्यान्वयनका लागि राजनीतिक स्थायित्वमा आफूहरूको जोड रहेको अध्यक्ष ओलीले जानकारी गराए ।

उनले नेपाल र संयुक्त अधिराज्य बेलायतबीच दुईसय वर्ष अघिदेखिको सम्बन्ध र आपसी सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदान लगायत विषयहरू स्मरण गर्दै बेलायतले विगतमा नेपालको शिक्षा, आर्थिक विकास र पूर्वाधार क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिएका छन् । भेटमा ब्रिटिस गोर्खा सैनिकका विषयमा पनि कुराकानी भएको बताइएको छ ।