बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास

बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास


ग्लोब नेपाल
54
Shares

पोखरा । बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी गंगाबहादुर थापाले बताए ।

उनलाई बाग्लुङ अस्पतालबाट थप उपचारका लागि पोखरा लगिँदै गरेको प्रहरीले बताएको छ । जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए । आत्मदाहको कारण नखुलेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।