सरकारले जनतामा आशा जगाउन सकेन : शेखर कोइराला

सरकारले जनतामा आशा जगाउन सकेन : शेखर कोइराला


ग्लोब नेपाल
459
Shares

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको बताएका छन् ।

कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ कार्यसमितिले बुधबार सुनसरीको जमकोटीमा आयोजना गरेको पार्टी वडा कार्यलयको शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले सरकार गठनपछि जनतामा झनै निराशा बढेर गएको बताए ।

उनले आर्थिक समस्याकै कारण उद्योगी व्यवसायीहरूले सुसाइट गरिरहेकाे भन्दै यस्ताे हुनु मुलुकका लागि राम्रो संकेत नभएकाे बताए ।

अर्को प्रसंगमा उनले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले उमेदवारी दिने स्पष्ट पारे । “कांग्रेसबाट राष्ट्रपतिमा को उमेदवार बन्छ, त्यो गौण कुरा हो,” उनले भने, “तर कांग्रेसले उमेवारी दिन्छ ।”