सरकार संकटमा पर्छ जस्तो लाग्दैन : ओली

सरकार संकटमा पर्छ जस्तो लाग्दैन : ओली


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताएका छन् ।

उनले राष्ट्रपति निर्वाचन र गृह मन्त्री चयनको विषयले सरकार संकटमा नपर्ने बताएका हुन् । सत्ता साझेदार दलहरुबीच यी विषयमा हाल खटपट परिरहेको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुलाई उनले भने, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ आफूहरुको शासन प्रणालीमै अस्थीरता रहेको उनले बताए । त्यसैकारण प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्णकार्यकाल नचलेको उनको भनाइ छ ।