रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक


ग्लोब नेपाल
702
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा ३ बजेका लागि बोलाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको जानकारी दिएका छन् । सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा छलफल हुने भएको छ ।

पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधार गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालबाट सकरात्मक सन्देश नपाएकोले अब रास्वपा नयाँ शिराबाट अगाडि जानका लागि बैठक बोलाएको बताइएको छ ।