मलेसियाका गृहमन्त्री आज नेपाल आउँदै

मलेसियाका गृहमन्त्री आज नेपाल आउँदै


ग्लोब नेपाल
243
Shares

काठमाडौं । तीन दिने भ्रमणका लागि मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमायल आज नेपाल आउँदैछन् । साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् ।

गृह मन्त्रालयको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणको क्रममा उनले गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल लगायतसँग भेट गर्नेछन् ।

उनको नेपाल भ्रमणको क्रममा श्रम सम्झौताका विषयमा समेत छलफल हुनेछ । नपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो । सरकारले विभिन्न देशसँग भएका श्रम सम्झौताहरू पुनरावलोकन गर्दै लैजाने नीति ल्याएको छ । सोही आधारमा मलेसियासँग पनि समयसापेक्ष परिमार्जनको विषय उठ्नेछ ।