रास्वपाको बैठक जारी, छोड्ला त सरकार ?

रास्वपाको बैठक जारी, छोड्ला त सरकार ?


ग्लोब नेपाल
351
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ । काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकबाट सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गरिने बताइएको छ ।

सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसदसहित उपप्रधान एवं गृहमन्त्री पद गुमाएपछि पुरानै जिम्मेवारीमा फर्कन मिहिनेत गरिरहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वार्थ बाझिने भएकाले पुरानो जिम्मेवारी नदिने भन्दै खाली रहेको मन्त्रालयमा अर्कै सांसदको नाम सिफारिस गर्न आग्रह गरिसकेका छन् । लामिछानेले त्यो कुरा स्वीकार गरेका छैनन् ।

सभापति लामिछानेलाई पुनः उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त नगरिए पार्टी सरकारबाट बाहिरिने वा अर्को सांसदलाई मन्त्रीमा सिफारिस गर्नेमध्ये एक निर्णय लिइने बताइएको छ ।