माओवादी बैठकको निर्णय- रास्वपाले धैर्य गर्नुपर्छ

माओवादी बैठकको निर्णय- रास्वपाले धैर्य गर्नुपर्छ


ग्लोब नेपाल
162
Shares

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धैर्यता राख्नुपर्ने निर्णय गरेको छ ।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष तथा प्रवक्त्ता कृष्णबहादुर महराले भने, ‘मुद्दा सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी छ । रास्वपाले धैर्य गर्नुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ तर माओवादी केन्द्रकाअध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले दिन नसकिने बताएका छन् ।

रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ र उसको बिहीबार अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसिरहेको छ ।