राजनीतिक समीकरण फेरिँदैन : प्रधानमन्त्री

राजनीतिक समीकरण फेरिँदैन : प्रधानमन्त्री


ग्लोब नेपाल
540
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् । उनले अहिले नै राजनीतिक समीकरण नफेरिने बताएका छन् । बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा दाहालले सत्ता समीकरण फेरबदल नहुने बताएका हुन् ।

रास्वपाले सरकारबाट समर्थन फिर्ता निलने विश्वास व्यक्त गर्दै प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने,  ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’

गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको विहीबार अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको छ । उक्त बैठकले सरकारमा रहिरहने वा छाड्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

माओवादी स्थायी कमिटी बैठक भने भोलिलाई सारिएको छ ।