रास्वपा सरकारबाट बाहिरिँदैन : प्रमुख सचेतक परियार

रास्वपा सरकारबाट बाहिरिँदैन : प्रमुख सचेतक परियार


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र तत्काल सरकारबाट बाहिरिन नहुने मत बलियो बनेको छ । पार्टीको केन्द्रीय सदस्यसहित संसदीय दलको बैठकमा सरकारबाट बाहिरिन नहुने पक्षमा देखिएको नेताहरूले बताएका छन् ।

बैठकमा सरकारबाट बाहिरिँदा पर्ने असर र सम्भावित घटना परिघटनालाई ख्याल गरिनुपर्नेमा केही नेताहरूले जोड दिएका छन् ।

केही नेताहरुले भने सरकारबाट बाहिरिएर जनतामा जानुपर्ने धारणा राखेका छन् । यही विषयमा मन्थन चलिरहँदा तत्काल सरकारबाट बाहिरिने जस्तो नदेखिएको बताइएकाे छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि पार्टी सरकारबाट नबाहिरिने बताए । छलफल जारी छ ।