‘क्यान’ लाई विश्वप्रकाशको प्रश्न- ‘खेलको नियम मान्नेले न्यायको नियम मान्नुपर्दैन ?’

‘क्यान’ लाई विश्वप्रकाशको प्रश्न- ‘खेलको नियम मान्नेले न्यायको नियम मान्नुपर्दैन ?’


ग्लोब नेपाल
837
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको विषयमा सरकारको मौनताबारे प्रश्न उठाएका छन् । उनले यो प्रकरणमा खेलकुदमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको मौनताले जिम्मेवारीपूर्ण जवाफ नदिएको बताए ।

महामन्त्री शर्माले क्यानका अध्यक्षलाई समेत आफूले टेलिफोन गरेर खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्छ या पर्दैन भनेर प्रश्न गरेको उल्लेख गरेका छन् ।

‘क्यानका अध्यक्षलाई फोनमा सोधें- खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?,’ शर्माले ट्वीटमार्फत भनेका छन्, ‘अहिले खेलकुद मन्त्री पनि प्रधानमन्त्री दाहाल नै हुनुहुन्छ । ध्यानाकर्षण गराउँदछु- कि सही भएको छ भने बधाई दिनोस्, कि ‘यो प्रकरणमा पनि’ अदालत कुरौं, हतारको गल्ती सच्याउँ भन्नोस् ! तर मौनता जिम्मेवार जवाफ हुन्न ।’