६ प्रदेशमा प्रेस युनियनका अधिवेशन सकिए, बागमतीको तयारी सम्पन्‍न

६ प्रदेशमा प्रेस युनियनका अधिवेशन सकिए, बागमतीको तयारी सम्पन्‍न


ग्लोब नेपाल
54
Shares

काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनले ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरेको छ ।

मुलुक संघियतामा गएपछि पहिलो पटक युनियनले संघिय संरचनाको अभ्यास थालेको हो । गत साउनमा सम्पन्न भएको युनियनको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति संगठन चलयमान सुदृढिकरणमा केन्द्रीत छ । संगठन सुदृढिकरण र सुद्धिकरण अभियानअन्तर्गत प्रदेश अधिवेशन भइरहेको अध्यक्ष शिव लम्सालले जानकारी दिए ।

‘पत्रकारहरुको हकहितका विषय त प्राथमिकतामा पर्ने नै भए । त्योसँगै हामीले संगठन चलयमान बनाउन सुदृपढिकरण र सुद्धिकरणलाई प्राथमिकता दिएका छौं । युनियनले यसअघि संघिय संरचना बनाएको थिएन। अहिले हामी संघिय संरचनाको जग बसाउन प्रदेश अधिवेशन गरिरहेका छौं,’ लम्सालले भने, ‘६ वटा प्रदेश अधिवेशन सम्पन्न भइसकेका छन् । बागमती प्रदेशको प्रथम अधिवेशनको पूर्वसन्ध्यामा हामी छौं । बागमतीको अधिवेशन लगत्तै उपत्यका प्रदेशको अधिवेशन हुन्छ ।’ 

मंगलबार सम्पन्न हुने बागमती प्रदेश अधिवेशनको तयारी सम्पन्न भइसकेको केन्द्रीय उपाध्यक्ष डा. मुरारी अधिकारीले जानकारी दिए । अधिवेशनको उद्घाटन कांग्रेस नेता डा. शेखर कोइरालाले गर्नेछन् । त्यसका लागि कोइराला सोमबार चितवन जाँदैछन् ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार कोइरालाले युनियनको अधिवेशन उद्घाटन अघि पार्टीका नेता–कार्यकर्तासँग सोमबार छलफल गर्नेछन् । कोइरालाले मंगलबार विहान ९ बजे युनियनको प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।