सेती नदीमा हाम फालेका व्यक्तिको शव फेला

सेती नदीमा हाम फालेका व्यक्तिको शव फेला


ग्लोब नेपाल
0
Shares

बझाङ । सेती नदीमा हाम फालेका एक व्यक्ति मृत फेला परेका छन् । सेतीमा हाम फालेर बेपत्ता भएका छबिस पाथिभेरा गाउँपालिका–४ का ३१ वर्षीय नरेश थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

थापाले दुर्गाथली गाउँपालिका–२ झनाना नजिकबाट सेतीमा हाम फालेका थिए । प्रहरीका अनुसार हाम फालेको ठाउँबाट करिब १५० मिटर तल ढुंगाको कापमा थापाको शव फेला गरेको हो ।

थापा छबिस पाथिभेरा गाउँपालिका–४ का वडाअध्यक्षका छोरा हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।