आईजीपी धिरजप्रताप सिंह यूएई प्रस्थान

आईजीपी धिरजप्रताप सिंह यूएई प्रस्थान


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधावी प्रस्थान गरेका छन् । इन्टरपोलको २४ औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिंह त्यसतर्फ लागेका हुन् ।

इन्टरपोलको क्षेत्रीय सम्मेलन माघ २४ देखि २६ सम्म सञ्चालन हुँदैछ । सिंहसँगै इन्टरपोल शाखाका एसपी अनुपमशमशेर जबरा पनि त्यसतर्फ लागेका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् । सम्मेलनमा एशियाली मुलुकका प्रहरी प्रमुखहरु सहभागी हुनेछन् ।