हवाइ मार्गबाट खाद्यान्न ढुवानीमा ढिलाइ

हवाइ मार्गबाट खाद्यान्न ढुवानीमा ढिलाइ



सुर्खेत ।  हवाई मार्गबाट खाद्यान्न गर्ने जिम्मेवारी लिएका निजी क्षेत्रका हवाइ कम्पनीले समयमै चामल ढुवानी नगर्दा हुम्लामा समस्य भएको छ । स्थल मार्गसँगै हवाइ मार्गबाट हुम्लामा खाद्यान्न ढुवानी गर्न सात महिनाअघि सम्झौता भएको थियो ।

समिट र ताराले यहाँको खाद्यान्न ढुवानीको जिम्मेवारी लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाका  निमित्त कार्यालय प्रमुख नवीन आचार्यले बताए । आथिर्क वर्ष सुरु भएको सात महिना पुगे पनि खाद्यान्न ढुवानी सुस्त गतिमा भइरहेको उनको भनाई छ । 

यस वर्ष हवाई तथा पैदल मार्गबाट खाद्य कम्पनीको हुम्ला शाखाका लागि १२ हजार क्वीन्टल खाद्यान्न कोटा निर्धारण गरिएको छ । हालसम्म पैदल तथा हवाई मार्गबाट ५ हजार ४४५ क्वीन्टल खाद्यन्न मात्र ढुवानी भएको कार्यालयले जनाएको छ ।  

सुर्खेतबाट हवाई मार्ग हुँदै ६ हजार क्वीन्टल खाद्यान्न ढुवानीको जिम्मा समिट एयरले पाएकोमा हालसम्म ३ हजार ८७२.२० क्वीन्टल ढुवानी गरेको उनले जानकारी दिए । 

यस्तै, नेपालगञ्जदेखि २ हजार क्वीन्टल तारा एयरले ढुवानीको जिम्मा पाएकोमा हालसम्म एक हजार ४६३.३० क्वीन्टल मात्रै आइपुगेको छ। त्यसैगरि पैदल मार्गबाट ४ हजार क्वीन्टल खाद्यन्न ढुवानीको व्यवस्था भए पनि राजापुरबाट ६०.९० र सुर्खेतबाट ४१.४० क्वीन्टल खाद्यन्न ढुवानी भएको छ।