आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको शव प्रहरी नियन्त्रणमा

आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको शव प्रहरी नियन्त्रणमा


ग्लोब नेपाल
162
Shares

काठमाडौं । पशुपतिमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारकेश्वर नगरपालिका–३ चिसापानीमा पानीमा डुबेर मरेको भनिएको बच्चाको शव अन्त्येष्टिका लागि पशुपति क्षेत्रको आर्यघाटमा ल्याइएको थियो ।

तर शरीरमा निलडाम भएको भन्दै फोन आएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएकाे हाे । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको प्रहरीले जानकारी दिएकाे छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले बताएकाे छ ।