यूएसआईडीकी प्रमुख सामन्था काठमाडौं आइपुगिन्

यूएसआईडीकी प्रमुख सामन्था काठमाडौं आइपुगिन्


ग्लोब नेपाल
216
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसआईडी) की प्रमुख सामन्था पावर नेपाल आइपुगेकी छन् । नेपालमा नयाँ सरकार बनेसँगै अमेरिकाबाट यो दोस्रो उच्चस्तरीय भ्रमण भएको हो ।

अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेको एकसाता नपुग्दै पावर काठमाडौं आइपुगेकी हुन् ।

काठमाडौं उत्रिएलगत्तै पावर भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालय पुगेकी छन् । नेपाल बसाइको क्रममा पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम छ ।