सडकमा अण्डा र कुखुरा फ्याँकेर झापामा किसानको विरोध

सडकमा अण्डा र कुखुरा फ्याँकेर झापामा किसानको विरोध


ग्लोब नेपाल
513
Shares

झापा । झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध गरेका छन् । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी किसानहरुले बताएका छन् ।

कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु परेको किसानहरुकाे भनाई छ ।

किसानले सडकमा लिएर आएका अण्डा र कुखुरा त्यसै छाडेर फर्केका थिए । कुखुरा पाल्ने स्थिति नै नभएकाेले त्यसरी छाडिएकाे बताइएकाे छ ।

बढ्दो ब्याज, महँगीका कारणले देशभरका किसानहरु मारमा परेको भन्दै प्रदर्शनमा सहभागी किसानहरुले यो प्रतिनिधिमुलक आन्दोलन भएको र यसमा झापाका सबै किसानको समर्थन रहेको बताएका छन् ।