भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द र सामाजिक अभियन्ता योगमाया न्यौपानेको प्रतिमा अनावरण गरेकी छन् । आज गृहजिल्ला भोजपुरमा विशेष कार्यक्रमबीच राष्ट्रपतिबाट साल्पासिलोछो गाउँपालिका-१ कुलुङ गौंडेनिस्थित पशुपति मन्दिरमा रहको योगमायाको प्रतिमा अनवारण गरिएको हो । बालागुरुको जन्मथलो षडानन्द नगरपालिकाको दिङ्लामा प्रतिमा पनि अनावरण गरिएको छ ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री शेरधन राईलगायत उपस्थित थिए ।
राष्ट्रपति भण्डारीले योगमायाको योगदान विश्वमा नौलो र साहसिक रहेको बताइन् । भण्डारीले उनको जन्मथलो र कर्मथलो चिनाउन बनाउन लागिएको योगमाया आधारभूत विद्यालयले उनीप्रतिको सम्मान हुने बताइन् । त्यस्तै बालागुरु षडानन्दले जनस्तरबाट पहिलोपटक स्थापना गरेको विद्यालयले समाजसुधारको लागि महत्वपुर्ण योगदान गरेको चर्चा गरेकी छन् ।
भोजपुर(संखुवासभाको सीमा नदि अरुणलाई आधार मानेर गरिने विकास निर्माणको लाभ भोजपुरबासीले पनि पाउने गरी सरोकारवाला पक्षले ध्यान दिनुपर्नेमा राष्ट्रपतिको जोड थियो ।
प्रतिक्रिया