काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा आरालो लागेको छ । नेप्से परिसूचक ६०.८८ अंकले घटेर २११२.७५ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ अङ्कले घटेर ४०४.४३ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी कम्पनी शीर्ष स्थानमा रहेको छ । यसको आइतबार १४ करोडभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नगदी गु्रप पावर र तेस्रोमा अपी पावर कम्पनीको कारोबार भएको छ ।
आइतबारको कारोबारमा सबै उपसचकहरुमा आरालो लागेको छ । कारोबार खप्तड लघुवित्त वित्तिय संस्थाको सेयर भाउ ४.४८ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया