चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)


ग्लोब नेपाल
540
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलेले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेका छन् ।

अर्थमन्त्री पौडेलले आइतबारको संसद् बैठकमा उक्त प्रतिवेदन सार्वजनिक गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गरेका हुन् ।

गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए ।

तर, उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका छन् । उनले बजेटको आकार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले घटाएका हुन् ।