यातायात व्यवसायी तथा मजदुरहरुकाे प्रदर्शनले बालाजु क्षेत्र तनावग्रस्त

यातायात व्यवसायी तथा मजदुरहरुकाे प्रदर्शनले बालाजु क्षेत्र तनावग्रस्त

प्रदर्शनकारीले प्रहरीको दुईवटा गाडी जलाए



काठमाडौं । काठमाडौंको बालाजु क्षेत्रमा यातायात व्यवसायी तथा मजदुरहरुले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गरेका छन् । यातायात व्यवसायी र मजदुरहरुले सडकमा टायर बाल्दै प्रदर्शन गर्दा दुई पक्षीय झडपको समेत स्थिति उत्पन्न भएको हो । साे क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।

आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ ।

काठमाडौं महानगरपालिकासमेतको समन्वयमा बालाजु, माछापोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधानलाई नयाँ बसपार्कमा लगेरमात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।