नामिबियाद्वारा नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट

नामिबियाद्वारा नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजमा नामिबियाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरिरेको नामिबियाले अन्तिम बलमा अलआउट हुदै २ रन ८५ बनाएको थियो ।

नामिबियाका माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । उनले बलमा ११८ बलमा ६ चोका र ४ छक्काको मद्धतमा शतक पूरा गरेका हुन् । उनले १ सय ३३ रन बनाए ।

यस्तै कप्तान गेर्हार्ड इरास्मसलाई ५६ रनमा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराएका हुन् । उनी कुशल मल्लको बलमा आउट भएका हुन् । जान फ्रिलिंकलाई १३ रनमा बोल्ड आउट गरेका हुन् ।

यता नेपालका लागि करन केसीले सर्वाधिक ५ विकेट लिए। १० ओभर बलिङ गरेका उनले १ मेडनसहित ६१ रन खर्चिए ।  यस्तै सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले १-१ विकेट लिए ।