नामिबियाविरुद्ध रोहितको अर्धशतक

नामिबियाविरुद्ध रोहितको अर्धशतक



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् । रोहितले ४७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् ।

यो समाचार तयार पार्दासम्म नेपालले २४.४ ओभरमा १ सय ३८ रन बनाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल २५ रन र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।

क्रिजमा अहिले कुशल भुर्तेल र रोहित पौडेल रहेका छन् । भुर्तेलले रन कनाउँदा पौडेल रनमा अविजित रहेका छन् । रोहितको यो एकदिवसीय अन्तराष्ट्रियमा छैठौं अर्धशतक हो ।