ओडीआई क्रिकेटमा रोहितको हजार रन पूरा

ओडीआई क्रिकेटमा रोहितको हजार रन पूरा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रनपूरा गरेका छन् ।

एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पूरा गर्ने रोहित पहिलो नेपाली खेलाडी हुन् ।

रोहितले नेपालका लागि ३२ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा १ शतक तथा ६ अर्धशतक प्रहार गरेका छन् ।

अगस्ट ३ २०१८ मा उनले नेपालका लागि डेब्यु गरेका थिए । यो नेपालको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय रहेको थियो ।

ओडीआईमा रोहितको व्यक्तिगत उच्च स्कोर १२६ रन हो ।