एकदिवसीयमा कुशलको पहिलो शतक

एकदिवसीयमा कुशलको पहिलो शतक



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक पूरा गरेका छन् । कुशलले ९९ बलमा ९ चौका र ४ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् ।

यो सँगै नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर २ सय २९ रन बनाएको छ ।

नेपालका ज्ञानेन्द्र मल्ल २५ रन र ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए । कप्तान रोहित पौडेल ७२ तथा कुशल मल्लले ६ रनमा आउट भए । क्रिजमा अहिले कुशल भुर्तेल र सन्दीप जोरा रहेका छन् । भुर्तेल १ सय रनमा अविजित रहँदा जोरा ९ रनमा अविजित रहेका छन्।

कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो । टी-ट्वान्टी अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी हुन् । यस अघि पारस खड्का र दीपेन्द्र सिंह ऐरीले दुवैमा शतक प्रहार गरेका थिए ।

नामिबियाले टस हारेर पहिले ब्याटिङ गरेको थियो । नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २ सय ८५ रन बनाएको थियो । नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे ।

उनले बलमा ११८ बलमा ६ चोका र ४ छक्काको मद्धतमा शतक पूरा गरेका हुन् । उनले १ सय ३३ रन बनाएका थिए । कप्तान ग्रेहार्ड इमास्मसले ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।

एकदिवसीय अन्तराष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो ।