महानिर्देशकसहित २० सहसचिवको सरुवा, नामावलीसहित

महानिर्देशकसहित २० सहसचिवको सरुवा, नामावलीसहित


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । महानिर्देशकसहित २० जना सहसचिवको सरुवा गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशकहरूको सरुवा गरेको हो ।

विभागको महानिर्देशकमा सुशील बाबु ढकाललाई पठाइएको छ भने तत्कालीन महानिर्देशक अर्जुन जङ्ग थापालाई मन्त्रालयमा तानिएको छ ।

अहिले सरुवाको समय नभए पनि नयाँ सरकार परिवर्तन भएसँगै हरेक सरकारको पहिलो प्राथमिकतामा पर्दै आएको सरुवामा निकै ठुलो आर्थिक चलखेल हुँदै आएको छ, त्यसमा पनि प्राविधिक तर्फ भने सरुवामै कल्पना बाहिरको खेल हुँदै आएको छ ।