मुस्ताङबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

मुस्ताङबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो



काठमाडौं । मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको यात्रीवहाक बस बुधबार कालीगण्डकी नदीमा खसेको छ ।

थासाङ गाउँपालिका–३ स्थित कालीगण्डकीमा बस खस्दा १७ जना घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार १७ जना घाइते भएका हुन् । बस करिब ४५ मिटर तल खसेको हो ।

उनीहरू सबैको उद्धार गरिएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएकाे छ । दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत छन् ।