बन्द भएका उद्योगहरू सञ्चालन गर्नुपर्‍यो : सांसद पाण्डे

बन्द भएका उद्योगहरू सञ्चालन गर्नुपर्‍यो : सांसद पाण्डे



काठमाडौं । सांसद हितराज पाण्डेले बन्द भएका रुग्ण उद्योगहरू पुन सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक समेत रहेका पाण्डेले बुधबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै बन्द भएका गोरखकाली रबर उद्योग, हेटौडा कपडा उद्योग, बुटवल धागो कारखाना लगायतका उद्योगलाई पुनः सञ्चालन गरेर आर्थिक रूपमा सबल गराउन आग्रह गरे ।

यस्तै उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन बेपत्ता भएका भएका नागरिकहरूको अवस्था जानकारी गराउन पनि आग्रह गरे ।