कलाकार ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

कलाकार ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा



काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ । उनले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

मोरङ प्रहरीका अनुसार उनलाई अहिले पनि नियन्त्रणमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई गएराति पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।

खतिवडाको टेलिसिरियल चर्चित छ । उनी ‘म्याकुरी’को नामबाट दर्शकमाझ लोकप्रिय छन् ।