तीन जना कुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

तीन जना कुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण



काठमाडौँ। नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण गर्नेमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणि हार्तम्छाली रहेका छन् । सो अवसरमा प्रधानमन्त्रीले उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।