काठमाडौं । नेपाल धितोपत्र बोर्डले इङवा खोला हाइड्रोपावर कम्पनीलाई आईपीओ बिक्री गर्ने अनुमति दिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा भने आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि आईपीओ बिक्री गर्नेछ ।
त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नेछ । बोर्डले कम्पनीलाई कुल १८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति दिएको हो । यस कम्पनीको बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया