आजकाे बिनिमयदरः घट्यो अमेरिकी डलरको भाउ

आजकाे बिनिमयदरः घट्यो अमेरिकी डलरको भाउ


ग्लोब नेपाल
54
Shares

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १३ पैसा घटेको हो।

उता, युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ४० पैसा र बिक्रीमा १४२ रुपैयाँ ४ पैसा ताेकिएकाे छ ।बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ २१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट बैंकले जनाएकाे छ । बैकका अनुसार अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९१ रुपैयाँ ७५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रुपैयाँ १३ पैसा ताेकिएकाे छ ।

यसैगरी,  कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३७ पैसा ताेकेकाे राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा ताेकिएकाे छ । 

उता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३० रुपैयाँ १२ पैसामा खरिदबित्री भइरहेकाे छ ।

कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ १७ पैसा र बिक्रीमा ४३३ रुपैयाँ १३ पैसा छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९७ पैसा तोकिएको छ।