भारतसँग मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता

भारतसँग मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता



काठमाडौं । भारतसँग दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली महिला टोली स्वदेश फर्केका छन ।

आज आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।

भारतको चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेल गोलरहित बराबरी भएको थियो । यसअघि ३ फागुनमा भएको पहिलो मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिएको थियो ।

पेरिस ओलम्पिक २०२४ को एसियन क्वालिफायरको तयारीमा रहेका भारत र नेपालले दुई मैत्रीपूर्ण खेल खेलेका हुन् । पहिलो मैत्रीपूर्ण खेलमा घाइते भएकी गीता राना मगर भने ह्वील चियरमा आएकी थिइन् ।