नामिबियालाई स्कटल्यान्डले दियो २२२ रनको लक्ष्य

नामिबियालाई स्कटल्यान्डले दियो २२२ रनको लक्ष्य



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत कीर्तिपुर मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नामिबियाले २२२ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४८.४ ओभरमा अलआउट हुँदै २२१ रन बनाउन सफल भयो ।

स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४७ रन बनाउँदा टोमस म्याकिन्टोसले ३४ रन बनाए । त्यस्तै, कप्तान रिचि बेरिङ्गटनले ३२ रन बनाउँदा माइकल लिक्सले २९ रन बनाएका थिए । त्यस्तै, म्याथ्यू क्रसले १६ रन बनाउँदा क्रिस ग्राभेसले १४ तथा मार्क वाटले १० रन बनाए ।

नामिबियाका लागि रुवेन ट्रम्पेलम्यानले ५ विकेट लिँदा टगिनी लुङ्गमेनीले २ विकेट लिएका थिए ।नामिबिया सिरिजको अन्तिम खेलमा जितसहित सिरिजको सुखद अन्त गर्ने प्रयासमा रहेको छ ।

पहिलो खेलमा नामिबिया नेपालसँग, दोस्रो खेलमा स्कटल्याण्डसँग तथा तेस्रो खेलमा पनि घरेलु टोली नेपालसँगै पराजित हुँदै जितविहिन रहेको छ । स्क्टल्यान्डले भने नामिबियालाई अघिल्लो खेलमा पराजित गर्दै विश्वकप क्रिकेट लिग-२ च्याम्पियन बनिसकेको छ ।