सेयर बजार २३.६० अंकले घट्यो, कारोबार रकम १ अर्ब ९४ करोड

सेयर बजार २३.६० अंकले घट्यो, कारोबार रकम १ अर्ब ९४ करोड



काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६ बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक करिब ४ अङ्कले घटेर ३९१.५४ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ९४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको सोमबार २० करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ । यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन ११ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ ।

सोमबारको १३ उपसुचकहरु मध्ये म्युचुआल फण्ड र ट्रेडिङ बाहेक सबै कम्पनीमा आरालो लागेको छ । आजको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर कारोबार १० प्रतिशतले बढेको छ ।