१३ दिनपछि बढ्यो सेयर बजार

१३ दिनपछि बढ्यो सेयर बजार



काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १३ दिनपछि बुधबार बढेको छ । माघ २६ गतेदेखि निरन्तर रातो अंकमा बन्द भएको परिसूचक आज बुधबार भने हरियो अंकमा बन्द भयो । बुधबार नेप्से ३३.५७ अंकले बढेर २०८० अंकमा कायम भएको छ । कुल १६५ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो भने ३ को स्थिर रहृयो । कारोबार रकम भने १ अर्ब ८० करोडमा सीमित भएको छ ।

धेरैजसो उपसमूह बढ्दा लघुवित्त उपसमूह भने ६१ अंकले घटेको छ । बैंकिङ १६, विकास बैंक ८०, फाइनान्स ४८, होटल तथा पर्यटन ९४, जलविद्युत् ९६, जीवन बीमा १९६, उत्पादन ७१, निर्जीवन बीमा १८० तथा अन्य उपसमूह २६ अंक बढे । यस दिन धेरै मूल्य बढेका ५ कम्पनीमा सबै जलविद्युत् कम्पनी रहे भने धेरै मूल्य गुमाउने ५ कम्पनीमा सबै लघुवित्त कम्पनी परे । लिबर्टी इनर्जीको मूल्य ९.८, छ्याङ्दी हाइड्रोको ९.५, दोर्दीको ९, पिपुल्स पावरको ८.४ तथा रिभर फल्सको मूल्य ७.८ प्रतिशत बढ्यो ।

आदर्श लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । खप्तड लघुवित्तको ७.८, उपकार लघुवित्तको ६.९, सिर्जनशील लघुवित्तको ५.८ तथा आधिखोला लघुवित्तको ५.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, जीवन विकास लघुवित्त, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक र ङादी ग्रुप पावर क्रमशः अगाडि रहेका हुन् ।