मकवानपुर गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दीलाई

मकवानपुर गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दीलाई



हेटौंडा । मनाङ मर्स्याङ्दी क्लबले पाँचौं स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौंडा उपमहानगरपालिका–४ को पिप्ले रङ्गशालामा बुधवार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलले हराउँदै मनाङ विजेता बनेको हो ।

मनाङलाई उपाधि जिताउन रोशन राना मगरले गोल गरे । निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा खेलको ७८ औँ मिनेटमा मनाङका रोशन राना मगरले गरेको गोल नै निर्णायक बन्यो ।

उपाधिसँगै मनाङले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता शेर्पाले १० लाख रुपैयाँ पाएको छ । प्रतियोगितामा मनाङका कप्तान तथा गोलकिपर दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले हेटौँडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको मोटरसाइकल प्राप्त गरे ।