काठमाडौं । निर्माण व्यवसायी महासंघ प्रदेश–१ को अध्यक्षमा जनसेवक भण्डारी निर्वाचित भएका छन् । महासंघको हिजो बुधबार विराटनगरमा सम्पन्न अधिवेशनले भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनले २ सय ६७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कमलप्रसाद गौतमले २ सय ५ मत पाए ।
समितिको प्रथम उपाध्यक्षमा केशरकुमार बुढाथोकी निर्वाचित भएका छन् । उनले दीपक पौडेललाई पराजित गरेका हुन् । यसैगरी महासचिवमा रमेश कार्की, कोषाध्यक्षमा सन्तोषकुमार बस्नेत र सहकोषाध्यक्षमा योगराज दाहाल (चन्दन) निर्वाचित भएको छन् । महासचिवमा मौसम थापा, कोषाध्यक्षमा निर्मलकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा खगेन्द्र राई पराजित भएका हुन् ।
प्रतिक्रिया