अर्थमन्त्री पौडेल भारत प्रस्थान

अर्थमन्त्री पौडेल भारत प्रस्थान



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गरेका छन् । जी-२० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल बिहीबार भारत प्रस्थान गरेका हुन् ।

अर्थमन्त्री पौडेल दिउँसो सवा २ बजे नेपाल एयरलायन्सको जहाजमार्फत भारत गएको उनको निजी सचिवालयले जानकारी दिएको छ । जी-२० अर्थमन्त्रीहरूको सम्मेलन फागुन १२ र १३ गते भारतको बेङलुरुमा हुँदैछ । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत, चीनलगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्किने कार्यक्रम छ । नेपाल जी-२० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।