सन्दीपलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति

सन्दीपलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय श्रृंखला खेल्न यूएई जान पाउनुपर्ने मागसहित दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अनुमति दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले लामिछानेको मागबमोजिम अनुमति दिन अस्वीकार गरेको हो ।

सन्दीपले उच्च अदालतको आदेशविरुद्ध अल्पकालिन अन्तरिम आदेश माग गरेका थिए ।

बलात्कार आरोपपछि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालतले भने २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

तर विदेश जान भने रोक लगाइएको छ ।