गहुँको समर्थन मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ

गहुँको समर्थन मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ



काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य ३३ रुपैयाँ ५१ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९-८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३३.५१ रुपैयाँ तोकेको हो । 

समर्थन मूल्य तोकेपछि व्यापारीले यस्तो मूल्यमा किन्न अस्वीकार गरेमा सरकार आफैंले समर्थन मूल्यमा किन्न सक्छ ।

तर, समर्थन मूल्य तोक्न नै ढिलाइ गर्ने र तोकिएको समर्थन मूल्य नपाउँदा पनि सरकार मातहतको खाद्य कम्पनीले समयमै खरिद प्रक्रिया नै अघि नबढाउने समस्याले किसान पीडित हुँदै आएका छन् ।