राष्ट्रपति निर्वाचनसम्म आठ दलले बनायो कार्यदल

राष्ट्रपति निर्वाचनसम्म आठ दलले बनायो कार्यदल


ग्लोब नेपाल
0
Shares

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आठ दलले कार्यदल बनाउने निर्णय भएकाे छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलमा प्रत्येक दलबाट सबै सहभागी हुने भएका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ, त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् ।

कार्यदलमा रहेका सदस्यहरूले राष्ट्रपति निर्वाचनका लागि आ आफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ । त्यस्तै बैठकले फागुन १८ गते संघीय संसदहरूलाई अभिमुखीकरण र फागुन १९ मा प्रदेशस्तरीय निर्वाचन लक्षित कार्यक्रम गर्ने निर्णय गरेको छ ।