पीएनजीविरुद्ध नेपालको राम्रो सुरुआत

पीएनजीविरुद्ध नेपालको राम्रो सुरुआत



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेलिरहेकाे छ । खेलमा नेपालले राम्रो सुरुआत गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले ११ ओभर सकिँदा २५ रन खर्चेर एक विकेट लिएको छ ।

नेपालका लागि सोमपाल कामीले चार ओभरमा ६ रन खर्चेर एक मेडनसहित एक विकेट लिएका छन्। यस्तै करण केसीले पाँच ओभरमा सात रन खर्चेर दुई मेडन राख्दा डेब्यूट्यान्ट प्रतिश जिसीले दुई ओभरमा सात रन मात्रै खर्चिएका छन् ।

पीएनजीका लागि ओपनर टोन उरा १३ बलमा दुई रन जोडेर आउट हुँदा विकेटकिपर किप्लिन डोरिगा १२ तथा सेसे बाउ पाँच रन बनाएर खेलिरहेका छन् ।